लण्डनमा “कीर्तिपुर” देखाइने

साउन २९ – पासा पुचः गुथि युकेको लण्डन शाखाले बेलायतमा सेप्टेम्बर ८ मा ऐतिहासिक नेपाली कथानक चलचित्र “कीर्तिपुर” को प्रिमियर शो गर्ने भएको छ।चलचित्र सोआस विश्वविद्यालयको डिजाम लेक्चर हल   प्रदर्शन गरिने पासा पुचः गुथि युकेका संयुक्त श्रेष्ठले जानकारी दिनुभयो।टिकटको लागि यहाँ सम्पर्क गर्न सकिने अायोजकले जनाएको छ ।

प्रदीप खड्गीको निर्देशन रहेको  चलचित्रमा कीर्तिलक्ष्मी नामक साहसी नारीले कसरी आफ्नो देश कीर्तिपुरलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको आक्रमणबाट बचाउन भैरव सिंह भनिने पुरूष योद्धाको भेषमा युद्ध गरिन् भनेर देखाइएको छ।

 

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *