कार्तिक १० – युवा नेत्र सेवाले शनिबार कीर्तिपुर मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य क्षेत्र सर्वसाधरणको पहुँच भन्दा बाहिर रहेको भन्दै युवा नेत्र सेवा अर्थात युथ आइ सर्भिस टेकुले स्वास्थ्य सेवा प्रदान गर्न गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । अर्थात युथ आइ सर्भिस टेकुले २० वर्षदेखि मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार गरिरहेको युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी दिए । उनले मोतिबिन्दुको निःशुल्क शल्यक्रियाका लागि एक कप चिया दान गर्ने सदस्यबाट उठेको रकम खर्च गरिएको बताए । कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, नुवाकोटलगायत जिल्लाबाट आएका आँखाका बिरामीको आँखा परीक्षण गरी औषधि वितरणसमेत गरिएको छ । निःशुल्क आँखा शल्यक्रियाका लागि थाई राजदूतावासले समेत सहयोग गरेको छ । शनिवार आयोजना गरिएको शिविरमा किर्तिपुरमा ३७ जना मोतिबिन्दु सल्यक्रिया गरिएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *