आदिवासी जनजाति चलचित्र महोत्सव असार १५ , १६ र १७ गते हुने

असार १० – आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने भएको छ । महासंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे असार १५ , १६ र १७ गते दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५’ आयोजनागर्न लागेको जनाएको हो । आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुका साथै नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रको पर्यटन बिकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने बिश्वासका साथ तिन दिबसिय आदिबासी जनजाति चललिचत्र महोत्सब गर्न लागेको महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा आदिवासी जानजातिबारे निर्माण भएका चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा जातिय संस्थाबाट छनोट भई सहभागिता जनाउने सबै चलचित्रलाई प्रोत्साहनस्वरुप प्रति चलचित्र ५ हजार रुपैयाका दरले नगद प्रदान गरिने पनि जनाइएको छ भने पब्लिक चोईस अवार्ड पाउनेलाई २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *