पत्रकार जमाल खशोग्गीको हत्या साउदी सरकारले नै गरेको हो- टर्की

कार्तिक १७ – साउदी अरवका पत्रकार जमाल खशोग्गीको हत्या साउदी सरकारले नै गरेको टर्कीले आरोप लगाएको छ । टर्कीका राष्ट्रपति रिसेप तयेप एर्डोगानले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेखेको लेखमा पत्रकार खासोग्गीको हत्यामा साउदी सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउनुभएको छ । तर उहाँले हत्यामा राजा सलमानको संलग्नता भने नरहेको उल्लेख गर्नुभएको छ । एक महिनाअघि वाणिज्य दूतावास गएपछि वेपत्ता भएका खसोग्गीको अवस्था अझै थाहा भएको छैन । तर उहाँको दूतावासभित्रै विभत्स हत्या गरि शवलाई टुक्रा परेर एसिडमा गलाइएको हुन सक्ने टर्कीको आरोप छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *