साउन १२ – टिमुरे घट्टेखोला राजमार्गको पक्की पुलमा जोखिम बढेपछि ठूला गाडी चलाउन रोक लगाइएको छ । टिमुरे रसुवागढी, घट्टेखोला राजमार्गको घट्टेखोलामा रहेको पक्की पुल, ठाडो खोलामा भएको र खोलामा वर्षाका कारण पानीको बहाव बढेर पुलको सपोट बगाएकाले जोखिम न्यूनीकरण गर्न मालबाहक ठूला गाडी आवातजावतमा रोक लगाइएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार साना गाडी भने चलाउन पाइनेछ । गाडी चलाउन रोक लगाएपछि दैनिक एक करोड रुपैयाँभन्दा बढी राजश्व संकलन हुने सयौँ ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । यस्तै स्याफ्रु रसुवागढी खण्डको सडक भीरको फेदमा रहेको र समय समयमा ढुङ्गा खस्ने समस्या आउन थालेकाले टिमुरे गाउँ नपुगुञ्जेल गाडी नरोक्न पनि प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments
अर्थ, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *