भाद्र २१ – काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५ सय सवारी पार्किङ गर्न सकिने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । ७ तलाको पार्किङ भवन निर्माणका लागि महानगरपालिकाले आवेदन खुल्ला गरेको छ । ‘स्मार्ट पार्किङ’ को प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान राखेको छ । शारीरिक रुपमा अशक्तलाई समेत सहज हुने गरी अपाङ्गतामैत्री पार्किङ भवन बनाउन लागिएको महानगरले जनाएको छ । भवन निर्माण गर्न महानगरपालिकाले न्यूरोडको धर्मपथमा रहेको एक रोपनी १० आना जग्गा प्रयोगमा ल्याउन लागेको हो । ‘स्मार्ट पार्किङ’ निर्माण भएपछि न्युरोडमा पार्किङ समस्या सहज हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *