कार्तिक ५ – नक्कली नोट बनाएको आरोपमा काठमाडौंमा ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नक्कली नोट बनाउने मेसिन पनि बरामद गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । उनीहरुको साथबाट नक्कली नोट बनाउने प्रिन्टर, कागज तथा ३ लाख रुपैयाँ नक्कली नोट पनि बरामद गरिएको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पर्सा घर भई कीर्तिपुर बस्ने २७ वर्षका ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्ने २५ वर्षका नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षका साहिल थापामगर, पर्सा घर भइ जोरपाटी बस्ने २८ वर्षका राज श्रेष्ठ र कुमारीगाल बस्ने कागेश्वरी काठमाडौँका विकास दोचे महर्जन छन् । उनीहरुलाई हिजो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । प्रहरीले गएको शुक्रबार नेपाली हजार रुपैयाँका २९ वटा नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको थियो । कीर्तिपुरमा पक्राउ परेका उनीहरुकै बयानका आधारमा अरु ३ जनालाई नक्कली पैसा छाप्ने मेसिनसहित पक्राउ गरिएको प्रहरीको दावी छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *