असोज २६ – काठमाडौंको नामांकरणसँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण शुभारम्भ नेपाल सम्बतको नयाँ वर्षको दिनबाट शुरु हुने भएको छ । नेपाल सम्बत् ११३९ शुरु हुने दिन कार्तिक २२ गते पुनर्निर्माणको औपचारिक शुभारम्भ गर्ने निर्णय भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा काठमाडौं ८ बाट प्रदेशसभा सदस्य राजेश शाक्यले जानकारी गराउनुभयो । समितिले पुनर्निर्माणका लागि अहिलेका लागि ५ करोड रुपियाँ काठमाडौं महानगरपालिकासित माग गर्ने निर्णय पनि गरेको छ । यसैगरी, टिम्बर कर्पोरेशनसित आवश्यक काठ आपूर्ति गर्नका लागि सम्झौता भैसकेको पनि अध्यक्ष शाक्यले जानकारी गराउनुभयो । सातौं शताब्दीमै अस्तित्वमा रहेको प्राचीन काष्ठमण्डप २०७२ बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा भत्किएको थियो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *