काष्ठमण्डपको पुनर्निर्माण शुभारम्भ कार्यसिद्धि पुजाबाट

कार्तिक २२ – काठमाडौंको नामांकरणसँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण शुभारम्भ कार्यसिद्धि पुजाबाट गरिएको छ । नेपाल सम्बत् ११३९ शुरु हुने दिन कार्तिक २२ गते पुनर्निर्माणको औपचारिक शुभारम्भ गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिबाट निर्णय भए अनुसार आज विहान काष्ठमण्डपमा कार्यसिद्धि पुजा गरिएको हो ।सातौं शताब्दीमै अस्तित्वमा रहेको प्राचीन काष्ठमण्डप २०७२ बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा भत्किएको थियो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *