असोज २० –  भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आउँदो कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गएको वैशाख ३१ गते क्षमापूजा गरिसकिएको छ । काष्ठमण्डप पुनः निर्माणका लागि आवश्यक पर्ने सामग्री, काठ, इँटा र माटाको समेत परीक्षण भइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । आउँदो आर्थिक वर्षको पहिलो हप्ता नै पहिलो तला निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिने काठमाण्डू भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले जानकारी दिनुभयो । तीन वर्षमा सबै निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । निर्माणका लागि झण्डै १० करोड रुपैयाँको काठ प्रयोग गरिने अनुमान छ ।

Facebook Comments
सम्पदा / संस्कृति