
मंसिर १८ – काष्ठमण्डप पुनर्निर्माणको कामले अब गति पाउने भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले तयार पारेको नक्सा पुरातत्व विभागले स्वीकृत गरेसँगै निर्माणका लागि अनुमति मिलेको छ । २०७२ सालको भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणका लागि बनेको समितिले विज्ञ समूह बनाएर तयार पारेको नक्सा बमोजिम अब निर्माण कार्य अगाडि बढ्ने समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । निर्माणक लागि पहिलो लटको इटा पनि आइसकेको उहाँले जानकारी गराउनुभयो ।
Facebook Comments