कञ्चनपुरमा फेरि आन्दोलन सुरु

भाद्र २९ –  निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । आज कञ्चनपुरका सबै सरकारी कार्यालय बन्द गर्ने र सरकारी गाडी पनि चल्न नदिने प्रदर्शनकारीले बताएका छन् । दोषीलाई राज्यले नै संरक्षण गरेको भन्दै प्रर्दशनकारीले दबाब दिन फेरि आन्दोलन थालेको बताएका छन् । उनीहरुले हत्यारा पत्ता लगाउन चासो नदिए आन्दोलनका कार्यक्रम थप्द जाने बताएका छन् । यस अघि गएको ८ गते प्रहरीको गोली लागेर सनी खुन्नाको ज्यान गए पछि कञ्चनपुरमा आन्दोलन स्थगित गरिएको थियो । यसैबीच निर्मला पन्त हत्याकाण्डमा थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजाको डिएनए परीक्षण सुरु गरेको जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *