कलंकीको अण्डरपास  आज  नखुल्ने

भाद्र १ – कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ । आजदेखि अण्डरपास खोल्ने तयारी गरेपनि केही काम बाँकी रहेको भन्दै आज नखोल्ने निर्णय भएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालका अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी छन् । ती काम छिट्टै सकेर सर्वसाधारणको लागि अण्डरपास खुलाउने आयोजनाको तयारी छ । ६ महिनाभित्र पूरा गर्ने लक्ष राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा सकिन लागेको हो । असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दावी गरेको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *