ज्याठामा आगलागी

भाद्र २६  –  काठमाडौंको ज्याठामा आगलागी भएको छ । विहान चार बजेतिर पुण्यतारा स्थापितको साततले घरमा विजुली सर्ट भएर आगो लागेको प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । भूईंतलामा राखिएको पानी तान्ने मोटरमा विजुली सर्ट भएको अनुमान छ । आगलागीबाट घरको पहिलो, दोस्रो र तेस्रो तलामा क्षति पुगेको छ । आगो लागेपछि पदयात्राका लागि राखिएको अक्सिजन ग्यासका सिलिण्डरहरु पड्किएका थिए । अहिले दमकलले आगो निभाइरहेको छ । क्षतिको विवरण संकलन गर्ने काम पनि भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *