असोज २९ – काठमाडौंको दक्षिणकालीमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । चालकसहित ५ जना घाइते भएका छन् । काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा १३ च ६४४२ नम्बरको जीप गएराती साढे १ बजे दक्षिणकाली नगरपालिका ९ टल्खुमा पल्टिदा ५२ वर्षकी विनादेवी मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ५ जनाको मनमोहन अस्पताल फर्पिङमा उपचार भईरहेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *