जापान: विमानस्थलमा नयाँ ब्रेथलाइजर सिस्टम लागु

मंसिर १ – जापानका एयरलाइन्सले विमानस्थलमा नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका छन् । पाइलटले रक्सीसहितका नसालु पदार्थ खाएर विमान चलाउने क्रम बढेपछि जापानमा नयाँ प्रणाली लागु हुन लागेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । रक्सी खाएको अवस्थामा एक पाइलट हिटथ्रो विमानस्थलबाट पक्राउ परेपछि एयरलाइन्सले नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् । यस्तै जापानी एयरलाइन्सका उडान पाइलटले नसालु पदार्थ खाएका कारण ढिलो हुने गरेकाले पनि नयाँ ब्रेथलाइजर सिस्टम ल्याइएको हो । जापानले कानुनमा पाइलटको खान मिल्ने रक्सीको सीमा तोकेको छैन । यसका लागि एयरलाइन्सले नै व्यवस्था गर्ने छुट छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *