‘मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा अझै छ’

मंसिर ४ – राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । मंगलबार काठमाडौमा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै जनमोर्चाले यसप्रति सबै सचेत हुन अपील समेत गरेको छ । त्यस्तै मुलुकको वर्तमान अर्धऔपनिवेशिक र अर्ध सामन्ती अवस्थालाई बदल्न नया जनवादी व्यवस्था स्थापना गर्नु पर्ने आवश्यकतामा जनमोर्चाले जोड दिएको छ । अवधारणापत्रमा जनमोर्चाले वर्तमान सरकारमा मधेशवादी दललाई समावेश गर्न आवश्यक नरहेको भन्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको चरित्र ढुलमुल, अवसरवादी र सम्झौतापरस्त रहेको अरोप पनि लगाएको छ । त्यस्तै अहिलेको सरकार संसदमा बहुमतको हिसाबले दुई तिहाई सांसदको समर्थनको सरकार भएपनि त्यही रुपमा शक्तिशाली भने नरहेको ठहर गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको बताउनुभयो । उहाले संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था नदेखिने तर्क गर्नुभयो ।

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताउनुभयो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *