कार्तिक ८ – साउदी अरवका राजकुमार मोहम्मद बिन सलमानले टर्कीमा मारिएका पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न सबैलाई कारवार्ही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । राजधानी रियादमा भएको एक कार्यक्रममा राजकुमार सलमानले टर्कीसँगको सम्बन्ध नबिगारिकन पत्रकार खसोग्गीको हत्यारालाई कारवार्ही गर्ने बताउनुभएको हो । पत्रकार खसोग्गीको हत्यामा साउदीका राजपरिवारकै संलग्नता रहेको आरोप लागिरहेका बेला राजकुमार सलमानको पहिलो टिप्पणी सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीका राष्ट्रपति रोसेप तयप आर्दोआनले साउदी खुफिया र अरु अधिकारीले योजनाबद्ध ढंगले खसोगीको हत्या गरेको आरोप लगाउनुभएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *