असार ९ – संगितका विभिन्न विधाको उत्थानको लागि गठित  स्वर्गिय उस्ताद जलेशानन्द र धर्मानन्द राजोपाध्याय संगीत स्मृति प्रतिष्ठानको अध्यक्षमा सुदर्शन राजोपाध्याय् सर्वसम्मतले चयन हुनु भएको छ । त्यस्तै महासचिवमा   विष्णुधर राजोपाध्याय् , कोषाध्यक्षमा प्रविण  राजोपाध्याय् सहित कार्यकारिणी सदस्यहरूमा शारदा राजोपाध्याय् , वेदिका राजोपाध्याय् ,  मंजरी राजोपाध्याय् रहनु भएको छ ।  संगीत स्मृति प्रतिष्ठानले अाउँदो गुरूपूर्णिमाका दिन सांगितिक कार्यक्रम गर्ने जनाएको छ ।

संगितको विभिन्न विधाको उत्थान सहित प्रतिष्ठानले शास्त्रीय गायन, तबला, सितार, सरोदको प्रशिक्षण पनि दिने स्मृति प्रतिष्ठानले जनाएको छ । रेडियो नेपालमा अनवरत रूपमा तीन दशक कार्यरत स्वर्गिय  उस्ताद जलेशानन्द इसराजबादक हुनुहुन्थ्यो भने स्वर्गिय धर्मानन्द राजोपाध्याय्  शास्त्रीय गायनमा सहप्राध्यापक हुनुहुन्थ्यो । दुर्इ दशकसम्म उहाँले  ललितकला क्याम्पसमा पनि शास्त्रीय गायन सिकाउनु भएको थियो ।

 

यो पनि पढ्नुहोस्

उस्ताद जलेशानन्द र धर्मानन्द राजोपाध्यायको स्मरणमा संगीत स्मृति प्रतिष्ठान गठन गरिने

Facebook Comments
मनोरञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *