कार्तिक १९ – इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको ज्यान गएको छ । मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको र अन्य तीन जनाको शव नदी किनारबाट निकालिएको त्यहाँका अधिकारीले बताएका छन् । इटालीमा आएको आँधी र बाढीका कारण यो हप्ता ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले सचेत गराएको विविसीले जनाएको छ ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *