इराकमा साधारण नागरिक पनि मन्त्री बन्न पाउने

असोज २४ –  इराकमा साधारण नागरिक पनि मन्त्री बन्न पाउने भएका छन् । इराकका नवनिर्वाचित प्रधानमन्त्री अदेल अब्दुर महदीले आफ्नो मन्त्रीमण्डलमा साधारण नागरिकलाई सामेल गर्ने घोषणा गर्नुभएको हो । उहाँले काम गर्न अनुभव भएकालाई मन्त्री बन्न आह्वान गर्दै आवेदन दिन एउटा वेभसाइट पनि खोल्नुभएको छ । इराकका नागरिकले आज र भोलि मन्त्री बन्नको लागि आवेदन दिन सक्ने बिबिसीले जनाएको । प्रधानमन्त्री महदीले ३० दिनभित्र नयाँ सरकार गठन गर्नुपर्नेछ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *