साउन २२ – अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध आज विहानदेखि लागु भएको अमेरिकाले जनाएको छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्र सँगै बहुमुल्य धातु र सुनको व्यापारमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक दबाबका कारण नयाँ सम्झौताका गर्न इरान तयार हुने बताउनु भएको छ । इरानका राष्ट्रपति हसन रुहानीले भने अमेरिकाको यो कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिनु भएको छ । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहाराएको हो । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर पारमाणविक सम्झौता रद्द गर्दै अमेरिकाले फेरि प्रतिबन्ध लगाएको हो ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *