इन्डोनेशियामा शक्तिशाली भूकम्प

साउन १३ – इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ । त्यहाँको स्थानीय समय अनुसार अाइतबार विहान ७ बजे  इन्डोनेशियाको टापूको पयर्टक गन्तव्य लोमकोक केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर भूकम्प गएको हो ।  भकम्पका कारण कम्तिमा पनि १० जनाको ज्यान गएको भने  घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेकाे त्यहाँका अधिकारीहरूले जनाएका छन् । त्यहाँको प्रकोप व्यवस्थापनका प्रवक्ता सुतो पुर्वो नुग्रोहोका अनुसार  घर भत्केका कारण मानिसहरू सडकमा बसिरहेका छन।

सन् २०१६ मा इन्डोनेशियाको सुमात्रा टापूमा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पका कारण दर्जनाै मानिसहरूको ज्यान गएको थियो भने ४० हजार भन्दा धेरै  विस्थापित भएका थिए।

 

Facebook Comments
अन्तरार्ष्ट्रिय, ब्यानर

One thought on “इन्डोनेशियामा शक्तिशाली भूकम्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *