भाद्र २४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमण फलदायी भएको बताउनुभएको छ । भारत भ्रमणबाट फर्केलगतै आईतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भारतमा भएको उच्चस्तरीय भेटघाट तथा छलफलबाट आफ्नो भ्रमण समग्रमा फलदायी भएको बताउनुभएको हो । उहाले आफ्नो भारत भ्रमणका बेल नेपालमा विकास र समृद्धि होस भन्ने चाहना भारतीय नेताहरुको देखिएको जानकारी दिनुभयो । दाहालले भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेट गरेको भन्दै दुईपक्षिय हित र समझादारीका बिषयमा नै छलफल केन्द्रित भएको जिकिर गर्नुभयो । उहाले फेरि एसियामा मिलेर अर्थतन्त्र र सभ्यतालाई स्थापित गर्नुपर्छ भन्ने रणनीतिक कुरा चीनका राष्ट्रपतिसँग भएको मोदीले आफूसँग राखेको बताउनुभयो । त्यस्तै तराईमा डुबान, विराटनगरको अफिस हटाउने लगायतका विषय समाधान भइरहेको भन्दै अन्य समस्यालाई पनि तत्काल समाधान गर्दै जाने कुराकानी भएको उहाले जानकारी दिनुभयो । फरक प्रसंगमा अध्यक्ष दाहालले मन्त्री फेरबदलबारे प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति नै आधिकारीक भएको बताउनुभयो ।

आफुले गल्ती गर्नेलाई कारबाही हुन्छ भन्ने सन्दर्भमा त्यो कुरा भनेको उहाले स्पष्ट पार्नुभयो । अध्यक्ष दाहाललाई बिमास्थलमा नेकपाका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, नेता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायत नेताहरुले स्वागत गरेका थिए ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *