असोज २५ –  अमेरिकाको फ्लोरिडामा अहिलेसम्मकै शक्तिशाली आँधी आएको छ । माइकल आँधीका कारण रुख ढल्दा फ्लोरिडामा एक जनाको ज्यान गएको छ । आँधीका कारण उत्तर–पश्चिमी क्षेत्रमा समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको बिबिसीले जनाएको छ । आँधी अलाबामा र जर्जिया पुग्ने बेलासम्म पनि शक्तिशाली नै रहने जनाइएको छ । यो आँधी सम्भवत सय वर्ष यताकै शक्तिशाली रहेको फ्लोरिडाका गभर्नर रिक स्कटले बताउनुभएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *