‘नेपालको मानवअधिकारको अवस्था अन्तराष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध’

भाद्र २२ – गृहमन्त्री रामवहादुर थापाले नेपालको मानवअधिकारको अवस्था अन्तराष्ट्रिय स्तरको बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मानवअधिकार लागी युवा अभियान नेपालले शुक्रबार काठमाडौमा आयोजना गरेको युवा र मानवअधिकारको भूमिका बिषयक सम्मेलनको उद्घाटन गर्दे गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाले युवा आन्दोलन मार्फत नै बिकसित मुलुकस्तरमा नेपालको मानवअधिकारको अबस्था पुराउन सकिने तर्क गर्नुभयो । नेपालको बिभिन्न परिवर्तनमा युवाहरुको भूमिका अविष्मरणिय रहेको भन्दै मन्त्री थापाले मुलुकको समृद्धिका लागी पनि युवाहरु अगाडी बढ्नुपर्ने बताउनुभयो । अहिलेको संबिधानले युवाहरुलाई दिएको अधिकारलाई अधिकतम उपयोग गर्नुपर्नेमा उहाले जोड दिनुभयो । दुई दिन सम्म चल्ने सम्मेलनमा नेपालको युवाहरुको अबस्था र मानवअधिकार स्थापीत गर्न युवाहरुले खेल्नुपर्ने भूमिकामाथि चर्चा हुने आयोजकले जनाएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *