साउन १० – अमेरिकाको ओक्लोहमा राज्यको ग्यास स्टोरमा लुटेराको गोली प्रहारबाट गंभीर घाईते भएकी रचना श्रेष्ठको उपचारमा सहयोग गर्न श्रीमान कपिल श्रेष्ठले सबैसंग आग्रह गर्नु भएको छ । ग्यास स्टोरमा काम गरिहेको बखत लुटेराले अन्धधुन्ध गोली वर्षाउदा रचनाको शरीरका विभिन्न भागमा आठबटा गोली लागेपछि चिन्ताजनक अवस्थामा उपचार भइरहेकोले उहाँले सहयोगकोलागि अाग्रह गर्नु भएको हो । ‘सबैको सहयोगले मेरी श्रीमतिको जीवन रक्षा हुन सक्छ उनले अपिल मार्फत भन्नु भएको छ– ‘सबैको साथ र हौसला अहिलेको यो दुखको घडीमा चाहिएको छ ।’

रचनाको सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको छ । शरीरमा लागेको आठ गोली मध्ये पाच गोली निकालिएको छ । उहाँको गाला, पिठ्यु, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा गोली लागेको छ । उहाँलाई यो लिंकमा गएर सहयोग गर्न सकिनेछ ।

यो पनि पढ्नहोस्

अमेरिकाको ओक्लाहोमा अन्धधुन्ध गोली प्रहारबाट रचना श्रेष्ठ गंभिर घाइते

 

Facebook Comments
ABROAD, BANNER

One thought on “गोली प्रहारबाट गंभीर घाईते भएकी रचना श्रेष्ठको उपचारमा सहयोग गर्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *