भाद्र २३ – गोरखाको सामागाउँबाट ७ जना यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका बसुन्चेतको मैलुङ पाखामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको र १ जना महिलाको गम्भीर अवस्थामा उद्दार गरिएको नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । दुर्घटनामा एक नेपाली महिना गम्भीर घाइते भएको पनि उहाँले जानकारी दिनुभयो । हेलिकप्टरमा एक जना जापानी नागरिकसहित ७ जना सवार थिए ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *