हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव  काठमाडौँ ल्याइयो

भाद्र २४ –  नुवाकोटको मैलुङ्गपाखाका शनिबार हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाको शव आईतबार काठमाडौँ ल्याइएको छ । ज्यान गुमाएका ६ जनाको शव अल्टिच्युड एयर, हेली एभरेष्ट र सिम्रिक एयरका तीन हेलिकप्टरले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल ल्याएका हुन् । हेलिकप्टरमा पाइलटसहित सातजना रहेकोमा ६ जनाको ज्यान गएको हो । एकजना यात्रु भने बाँच्न सफल भएकी छन् । दुर्घटनामा बाँच्न सफल आनी डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया छिरी शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् । मृतकको त्रिविमै पोस्टमार्टम हुनेछ ।

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर शनिबार नुवाकोटको साबिक मेघाङ गाविस र हालको म्यागङ गाउँपालिका–१ बसुनचेत मैलुङ्गपाखामा दुर्घटनाग्रस्त भएको थियो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *