पाँच अर्ब २१ करोड रुपैयाँ बराबरको हस्तकला सामग्री निर्यात

भाद्र २ –  गएको आर्थिक वर्षमा नेपालमा उत्पादित पाँच अर्ब २१ करोड रुपैयाँ बराबरको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । सबैभन्दा धेरै तीस प्रतिशत हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । नेपाली हस्तकलाको सामग्री अमेरिकामा धेरै माग हुने गरेको नेपाल हस्तकला महासङ्घका महानिर्देशक डाक्टर गोविन्दप्रसाद रेग्मीले जानकारी दिनुभयो । नेपालले अहिले अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा धेरै देशमा हस्तकलाका सामान निर्यात गर्दै आएको छ । अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, ढाका, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलनजन्य सामान विदेश निर्यात हुँदै आएको छ ।

Facebook Comments
अर्थ

One thought on “पाँच अर्ब २१ करोड रुपैयाँ बराबरको हस्तकला सामग्री निर्यात

Leave a Reply

Your email address will not be published. Required fields are marked *