पाटनको हस्तकला, मूर्तिकला व्यवसायमा आएको संकट

हजारौैं वर्ष देखि कला, संस्कृति र सम्पदाको इतिहास बोकेको उपत्यकाको तीन शहरमध्ये (ललितपूर)पाटनको आफ्नै छूट्टै गौरवमय इतिहास र पहिचान छ । यहाँको इतिहास, कला, संस्कृति र सम्पदाको अध्ययन अवलोकन गर्दा थाहा हून्छ कि यहाँका रैथाने वासिन्दा हजारौं वर्षदेखि आप्mनो कला, शिप र कौशलमा निपूण थिए र छन् पनि । यहि आत्मनिर्भरता र स्वाभिमानले गर्दा नै यहाँको संस्कृति, सम्पदा र पहिचान जिवित छन् । पाटन निवासी समकालिन नेपालका सर्वश्रेष्ठ कलाकार अरनिकोले मित्र राष्ट्र चीनमा निर्माण गरेको प्यागोडा शैलीको चैत्य जस्ता सम्पदाले आज पनि सिङगो राष्ट्र गौरवान्भित छ । अहिले पनि पाटनमा एक सय एक कलाकारहरु छन्, जो जुनसुकै कलाकृति प्रस्तुत गर्न सक्षम छन्। कुनै समय निश्चित नेवार जातिको मात्र पेशा रहदै आएको मुर्तिकला, हस्तकला व्यवसाय आज पाटनका सबै जसो नेवार जातिको मात्र नभइ गैर नेवारको पनि धेरै संलग्नता रहंदै आएको दैखिन्छ । पाटनमा मात्रै हजारौे परिवार यस क्षेत्रमा लागिरहेका छन् भने अर्बाै रुपैंया यस क्षेत्रमा लगानी भइरहेको छ । तिब्बेती, भुटानी, ताइवानी र विश्वभरिका बौद्ध धर्मालम्वलीहरु नै यसका मुख्य उपभोक्ता हून् । पछिल्लो समय हस्तकला, मुर्तिकलाको मुख्य बजार चीन हुंदै आएको थियो । चीनियांहरुले धेरैजसो व्यापारिक प्रयोजनको लागि नै नेपालबाट ठूलो परिमाणमा हस्तकला, मुर्तिकलाका सामानहरु आयात गर्दथ्यो । वि.सं.२०७२ सालको भुकम्प पश्चात दिनहूँ यो व्यवसाय तहस नहस हुँदै आएको छ ।

आजको विश्वव्यापिकरणको युगमा हामिले हाम्रो मौलिक कला, संस्कृति र सम्पदाको महत्व विश्व जगतलाई दर्शाउन सकेनाै भने र त्यही अनुसार पुर्वाधार निर्वाण, प्रवद्र्धन गर्न सकेनौं भने विश्वको ध्यान आकर्षित गर्न सक्दैनौं । गूणस्तरिय पर्यटक भित्र्याउन सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर मात्र पुग्दैन, त्यसै अनुसार पुर्वाधार संरचना, सुविधा, मापदण्ड बनाउनु पर्छ । स्वदेशी सामानले बजार पाएन भने सगरमाथा र बुद्धको देश आत्मनिर्भर हुन सक्दैन र संधै गरिब नै रहिरहन्छ । राज्यको नीति, कार्यक्रम, विकास योजना, आन्तरिक र बाहिरी राजनीति, अन्तराष्ट्रिय सम्बन्ध, विश्व बजार, विश्व अर्थनीति आदिले सबैजसो ब्यापार व्यवसायमा असर गरिरहेको हुन्छ । पहिलेदेखि जुनसुकै सरकार आएपनि राज्यकै कला, संस्कृति र सम्पदासित अन्योन्याश्रित सम्बन्ध रहेको पाटनको हस्तकला, मुर्तिकला व्यवसाय र सम्पदा संरक्षण, संवद्र्धन, प्रवद्र्धनमा सरकारले चासो लिएको देखिंदैन । व्यवसायीहरुमा पनि ठूलो समस्या नपरेसम्म हामिलाई किन चाहियो सरकार भने जस्तो सोच रहेको पाइन्छ । हस्तकला, मुर्तिकलाका ठूला उपभोक्ता मानिने तिब्बती भुटानी र गेरुवा वस्त्रधारी बौद्ध धर्मालम्वलीप्रति नेपाल र चीन दुबै सरकारले कडा नीति अख्तियार गरेका कारणले पनि निर्वाधरुपमा आउने जाने र हस्तकला, मुर्तिकला सामग्रि खरिद गर्न असहज भएको अवस्था छ । चीनको दबावका कारणले दलाई लामाका अनूयायीहरुलाई एक किसिमले प्रतिबन्ध नै लगाइएको अवस्था छ । चीन यस्तो देश हो जहाँका हरेक नागरिकले गर्ने आर्थिक, सामाजिक गतिविधिलाई सरकारले नजिकबाट नियालिरहेको हुन्छ । पछिल्लो समय चीनले विश्वका सबैजसो व्यापार, व्यवसायमा हस्तक्षेप गरि आफुतिर तान्न सफल हुंदै आएको छ । हस्तकला व्यवसायमा पनि चीनले यहि नीति अपनाएको देखिन्छ । पछिल्लो समय चीनले आफै नेपाली हस्तकला, मुर्तिकलालाई सस्तोमा मेशिनरी कपि गरि उत्पादन गरि विश्व बजारमा पछइरहेको छ । अव्यवस्थित तरिकाले नेपाली हस्तकलाका कालिगढहरुलाई चीन लगेर सस्तो ज्यालामा परिचालन गर्ने क्रम पनि बढ्दो छ भने आफ्नै कला र शिप प्रयोग गरेर स्वरोजगार भएका नेपालीहरु स्वदेशमा काम नपाएर गुजारा गर्न चीनतिर सस्तो श्रममा आफ्नो कला, शिप बेच्न बाध्य भएका छन् ।

त्यस्तै कालिगढहरु चीनमै गई मनपरि व्यापार गर्नाले पनि हस्तकला, मुर्तिकला व्यवसायको साख घटेको हो । कपिराइट, व्यापार सम्झौता सहि र प्रभावकारी नहुनाले तथा ढूवानि, यातायात पुर्वाधार जटिल हूनाले पनि यो व्यवसायमा तिव्र गिरावट आएको हो । यी विभिन्न कारणले गर्दा हस्तकला, मुतिकला व्यवसाय संकटमा पर्न गएको हो । चीन, नेपाल र भुटानबीच हस्तकला, मुर्तिकला सम्बन्धि सहि नीति, नियम र प्रावधानहरु नहुनाले नेपाली कलाकारहरुको रचनात्मक मुल्यवान कला चीनमा प्रशस्त मेशिनरी कपि गरी बजार बिस्तार हुन थालेको छ । अझ नेपालमै चीनियां कम्पनीले मेशिनरी हस्तकला, मुर्तिकलाको साम्रगी उत्पादन गर्ने कारखाना खोल्न अनुमति लिइसकेको कुरा पनि सुन्नमा आएको छ । हस्तकला महासंघ, उद्योग व्यापार महासंघ जस्ता निकाय यो क्षेत्रमा नीति निर्माण तहमा प्रभावहीन छन् भने सिमित व्यक्तिहरुले मात्र फाइदा लिइरहेको देखिन्छ । त्यसैले यो व्यवसाय व्यवस्थित नहुनाले र आवश्यक नीति, नियम र प्रभावकारी प्रवद्र्धनको अभावमा कलाकार र व्यापारी दुवै मारमा परिरहेका छन् । जनताको अर्बौ लगानि, समय र शिप जोखिममा पर्न गएको छ भने लाखौं स्वरोजगार हातहरु व्यरोजगार हुने अवस्थामा पुगेका छन्। अथाह पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, विश्व सम्पदा लगायत सम्पदा नै सम्पदा भएको पाटन शहर पुर्वाधारको अभावमा र अव्यवस्थित बस्ती र यातायात बिस्तार, शहरिकरणले दिनदिनै कूरुप बन्दै गइरहेको छ । यी विभिन्न कारणले गर्दा अर्थतन्त्रलाई नै ठुलो टेवा पू्याइरहेको नेपालको हस्तकला,मुर्तिकला व्यवसाय संकटमा पर्न गएको हो । सम्वृद्धिको नारा बोकेको केन्द्र र प्रदेश सरकारले यो विषयमा गम्भिर भएर लाग्न अति आवश्यक छ ।

विक्रम शाक्य

beecku2012@gmail.com

Facebook Comments
ब्यानर, लेख/विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *