ललितपुर महानगरपालिकालाई साँस्कृतिक नगरी घोषणा गरिने

भाद्र १ – नेपाल हस्तकला महासंघको आयोजनामा भाद्र १४ गते देखि काठमाडौंमा विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रको ३७ औं साधारणसभा र अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।  महासंघले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे हस्तकलाको बजार प्रवद्र्धन तथा शिप प्रविधी र आसपी अनुभव आदानप्रदान गर्ने उदेश्यले भाद्र १४ देखि १६ गतेसम्म सम्मेलनको आयोजना गर्न लागिएको जनाएको हो । बिभिन्न देशका झण्डै सय जना प्रतिनिधी सहभागी हुने सम्मेलन नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो । एशिया प्रशान्त क्षेत्रभित्रका कला र शिल्पको संरक्षण र प्रवद्र्धन गर्ने , कला र शिल्पको गुणस्तर अभिवृद्धि गर्ने लगाएतका बिषयमा छलफल केन्द्रित हुने महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिनुभयो । सम्मेलनका क्रममा ललितपुर महानगरपालिकालाई साँस्कृतिक नगरी घोषणा गर्ने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।

यस्तै हस्तकला महासंघकै आयोजनामा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने भएको छ । २ सय भन्दा बढि स्टल रहने मेलामा उत्कृष्ट हुने स्टललाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको महासंघका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । नेपालमा वार्षिक १२ अर्व बराबरको हस्तकलाका सामग्री विदेश निर्यात हुने महासंघको तथ्याङ्क छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *