हस्तकला व्यापार मेलामा झण्डै ९ करोड रुपैयाको कारोबार

मंसिर ३ – १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेलामा झण्डै ९ करोड रुपैयाको कारोबार भएको छ । कात्तिक २८ गतेदेखि हिजोसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजना भएको ब्यापार मेला एक लाख ३५ हजार दर्शकले अवलोकन गरेको नेपाल हस्तकला महासँघले जनाएको छ । यसैबिच, मेलामै आयोजना भएको १४ औँ हस्तकला प्रतियोगिता अन्तर्गत ‘ढाका बुनाई’ विधातर्फ चुना बाँस्तोला प्रहिलो, देउमाया लिम्बू दोस्रो र ज्ञानीमाया तामाङ तेस्रो हुनुभएको छ । यस्तै, ‘मैनको मूर्ति’ विधातर्फ मनोज शाक्य पहिलो, उदीप शाक्य दाश्रो र निशेष शाक्य तेश्रो हुनुभएको छ । । दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैया पुरस्कार पाउनुभयो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *