हाँडीगाँउ जात्रा सुरु

कार्तिक ९ –  काठमाडौको हाँडीगाँउमा हाँडीगाँउ जात्रा सुरु भएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात हिजोदेखि ३ दिन सम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौँका अरु जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी गर्भगृह र भगवानको मुर्ति माथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट घुमाउने गरिन्छ । साथै रथमा मैनको सुगन्धित फुल बनाई राख्नाले पनि यो जात्रालाई कहिँ नभएको जात्रा हाँडी गाउमा भन्ने गरिन्छ । जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ भने रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भिड लाग्ने गर्दछ । यो फूललाई प्रसूतिपीडामा रहेकी महिलालाई सुघाउदा पीडा कम हुने पुरानो विश्वास पनि छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *