असोज १९ – तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीलाई कन्चनपुरको महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा आज बिहान पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धिरज प्रताप सिंहले ज्ञवालीलाई आज बिहान कन्चनपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो । ज्ञवालीलाई अब साढे ४ करोड रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने उहाँले बताउनुभयो । ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ जेठमा पूर्व बैंकर कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई जेल र जरिवानाको सजाय सुनाएको छ । ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली फरार थिए ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *