सार्वजनिक गुठीका नाममा रहेको जग्गा खोजी

साउन २२ – ललितपुरको विभिन्न ठाउँमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ भन्ने थाहा नभएपछि खोजी शुरु गरिएको गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । गुठीको जग्गा पहिचान गरेर दर्ताको प्रक्रियामा लैजान सुरु गरिएको उहाँले बताउनुभयो । व्यक्तिले वर्षेदेखि प्रयोग गरेर पनि गुठिले केही आम्दानी नपाएको जग्गाको खोजी पनि भइरहेको पौडेलको भनाइ छ । ललितपुरमा सबैभन्दा धेरै रातो मछिन्द्रनाथको नाममा जग्गा छ । त्यसबाहेक अरु विभिन्न मन्दिर, देवल र सत्तलका नाममा समेत धेरै अचल सम्पत्ति छ । तीमध्ये कतिपय जग्गा बेवारिसे अवस्थामा त कतिपय वषौँदेखि व्यक्तिले प्रयोग गरिरहेका छन् ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *