गुँला सकियो, अाज पारू भ्वय्

भाद्र २५ – यसवर्षको नेवार समुदायको पवित्र महिना गुँला पर्व सकिएको दिन आज विशेष पुजा पाठ गरेर पारु भ्वय् मनाईदैछ । स्वयम्भू लगायत उपत्यकाका विहार, चैत्यहरुमा अहिले पारु भ्वय् मनाउनको लागि भक्तजनको विशेष भीड लागेको छ । एक महिनासम्म उपत्यकाका बौद्ध धर्मावलम्बी नेवार समुदाय अन्तर्गत शाक्य, बज्राचार्य, तुलाधर, ताम्राकार, मानन्धर, कंसाकारहरु विहान सबेरैे गुँला बाजा बजाएर मन्त्र स्तोत्र पढेर स्वयम्भू लगायत विभिन्न बहालमा रहेको चैत्य दर्शन गर्ने गर्छन् । कहिले देखि एक महिना लामो गुँला पर्व मनाउन शुरु भयो भन्ने एकिन तथ्यांक नभए पनि स्वयम्भू महाचैत्य प्रतिस्थापन भएको ९ महिना पछि गुँला शुरु भएको अनुमान छ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *