कार्तिक १२ – कृषिमन्त्री चक्रपाणि खनालले विदेश निर्यात गर्ने कृषिजन्य वस्तुमा चिया पनि निकै सम्भावना बोकेको क्षेत्र रहेको बताउनुभएको छ । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बिषयमा साइनो नेपाल मिडिया सोसाइटीले सोमबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा मन्त्री खनालले नेपालबाट वार्षिकरुपमा तीन अर्ब बराबरको चिया निकासी हुने गरेको बताउँदै विदेश निर्यात गर्ने कृषिजन्य वस्तुमा चिया पनि निकै सम्भावना बोकेको क्षेत्र रहेको बताउनुभयो । नेपालको चिया प्रवद्र्धनमा चीनको सहयोग आवश्यक हुन सक्ने उहाको भनाई छ । मन्त्री खनालले चिया तथा कफी खेतीको विकास र बजारीकरणका लागि सरकारले आवश्यक नीतिगत, कानुनी र लगानीको लागि उचित वातावरण बनाउने धारणा समेत राख्नुभयो । उहाले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल चिया तथा कफी विकास बोर्ड र सिचुवानको यिपिन चिया कम्पनीबीच नेपालमा उत्पादन भएको हरियो चियालाई गुणस्तरयुक्त बनाउन तालीम, सीप र प्रविधि उपलब्ध गराउने तथा चिया संस्कृतिको आदानप्रदान गर्नेलगायर्त विषयमा सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

Facebook Comments
ECONOMY

Leave a Reply

Your email address will not be published. Required fields are marked *