भाग्ने क्रममा  जुवातास खेलिरहेका  २ जनाको मृत्यु

असोज २० –  काठमाडौंको मुलपानीमा घरमा जुवातास खेलिरहेकालाई प्रहरीले पक्रने क्रममा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४३ वर्षका सरोज घले र ३० वर्षका सुमन लामा रहेका प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना खुलेको छैन् । प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा घरको तेश्रो तल्लाबाट हामफाल्दा उनीहरुको ज्यान गएको प्रहरीको दावी छ । जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरका काठमाण्डूका प्रहरी नायब उपरीक्षक डिएसपी होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइ राखिएको घरमा पुगेको थियो । प्रहरी पुग्ने वित्तिकै जुवा खेलिरहेका २ जना तेश्रो तल्लाबाट हाम फालेका थिए । हामफालेका दुवै जनालाई ललितपुरको ग्वार्कोस्थिति बी एण्ड बी अस्पताल लागिएको उपचारका क्रममा दुवै जनाको ज्यान गएको हो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *