काबुलमा अस्ति भएको आक्रमणमा ११ जना नेपाली  घाइते

मंसिर १४ – अफगानिस्तानको काबुलमा अस्ति भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले अस्ति भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएका पुष्टी गरेको हो । उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई यसबारेमा जानकारी गराएको जनाएको छ । अस्ति जीफोरएसको कार्यालय परिसरमा विद्रोही समुह तालिवानको आक्रमणमा परि चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *