भाद्र १७ – काठमाडौं महानगरपालिकाले काठमाडौका बिभिन्न ६ ऐतिहासिक स्थलमा निशुल्क वाईफाई सेवा सुरु गरेको छ । महानगरले काठमाडौको पशुपति , बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा निशुल्क वाईफाई सेवा सुरु गरेको हो । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा सुरु गरिएको निशुल्क वाईफाई सेवाको आईतबार पशुपतिनाथ परिसरमा काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभयो । उहाले महानगरलाई निःशुल्क वाईफाई क्षेत्र बनाउन परीक्षण भइरहेको जानकारी दिनुभयो । निजी क्षेत्रलाई पनि जनताप्रति उत्तरदायि बनाउनका लागी निजी क्षेत्रसम्म सहकार्य गर्दे निशुल्क वाईफाई सेवा सुरु गरिएको उहाले बताउनुभयो ।  यसअघि महानगरपालिकाले वल्र्ड लिंकसँग २०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्री वाईफाई जडानका लागि सम्झौता गरेको थियो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *