मंसिर ९ – फ्रान्समा पेट्रोलियमको मुल्यबृद्धि विरुद्ध भएको प्रदर्शन चर्किएको छ । पेट्रोलको भाउ घटाउन माग गर्दै भएको विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बल प्रयोग गरेको छ । पेट्रोल र डिजेलको मूल्य बढाएपछि फ्रान्सेली नागरिकले राजधानी पेरिसमा एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन । गएराती प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो । प्रहरी र प्रदर्शनकारीको झडपमा केही व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ । पहेलो ज्याकेट लगाएर राष्ट्रपति इमानुयल म्याक्रोनको राजीनामा माग गर्दै प्रदर्शन चर्काएका उनीहरुले केही गाडीमा आगजनी गरेका छन । फ्रान्समा पेट्रोलियमको मूल्य २३ प्रतिशतले बढेको छ । राष्ट्रपति म्याक्रोनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले पेट्रोलियम पदार्थको मुल्य बढेको बताउदै आउनु भएको छ ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *