फ्रान्स:  मुल्यबृद्धिको विरोधमा भएको प्रदर्शनीमा ४ जनाको मृत्यु

मंसिर १८ –  फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको विरोध गर्दै भएको प्रदर्शनीमा ४ जनाको ज्यान गएको छ । पहेँलो ज्याकेट लगाएका प्रदर्शनकारीले गरेको विरोध प्रदर्शनका क्रममा सुरक्षा कर्मीले हानेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षीया बृद्धाको ज्यान गएसँगै मर्नेको सख्या ४ पुगेको हो । यसअगाडी प्रदर्शनकै क्रममा ३ जनाको ज्यान गएको थियो । प्रदर्शन भइरहेको ठाउँ नजिकैको अपार्टमेन्टमा बसेकी ती बृद्धाले झ्याल बन्द गर्न खोज्दा अश्रुग्यासको क्यानले लागेको हो । फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले बढेको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *