बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ६३ लाख रुपैयाँको कारोबार

कार्तिक १९ – बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ६३ लाख रुपैयाको कारोबार भएको छ । हिजो सकिएको प्रदर्शनीमा ४५ लाखको कारोबार हुने लक्ष राखेकोमा ६३ लाखको कारोवार भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिनुभयो । मेलाको ४३ हजार जनाले अवलोकन गरेका थिए । रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने नाराको साथ शुरु भएको मेलामा ४ सय ५० भन्दा बढी जातका फूल राखिएको थियो । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । तिहार र अन्य मौसममा गरी नेपालमा वार्षिक ११ करोड रुपैयाको फूल विदेशबाट आयात गरिँदै आएको छ । गत वर्ष एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो । मखमली र गोदावरी फूलमा भने नेपाल नै पूर्णरुपमा आत्मनिर्भर भइसकेको छ । व्यावसायिकरुपमा पाँचसय प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *