गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

कार्तिक १५ – गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारलेखि ललितपुरमा सुरु भएको छ । “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गरेको हो । पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको आयोजकले जनाएको छ । कार्तिक १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा चल्ने मेलाको प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि र सहकारी मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभयो । मन्त्री लामाले कृषि क्षेत्रको प्रर्वद्धन र बिकास गर्दे मुलुकको बिकासका लागी हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईएको छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ । मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । ३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपाली पुष्प व्यवसाय आर्थिक बर्ष २०७४/७५ सम्म आई पुग्दा लगभग ६९७ पुष्प व्यवसायीहरु पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ । हाल करिव १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । आर्थिक बर्ष २०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ रु २ दशमलव ३७२ करोड भएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *