असोज १७ –  लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन जना वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने पहिलो महिला वैज्ञानिक हुनुभएको छ । यो विधामा नोबेल पुरस्कार पाउने उहाँ तेस्री महिला भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छनन् । यसअघि सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट–माएरले भौतिकशास्त्रतर्फ को नोबेल पुरस्कार पाउनुभएको थियो । डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर आस्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाउनुभएको हो । आस्किन नाबेल पुरस्कार पाउने अहिलेसम्मकै पाको उमेरका व्यक्ति बन्नुभएको छ । उहाँ अहिले ९६ वर्षको हुनुहुन्छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *