लोकन्थलीमा लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ११ लाख रुपैयाँको नोक्सानी

कार्तिक २२ – भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीमा लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा ११ लाख रुपैयाँको नोक्सानी भएको छ । विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत सर्ट भई आगलागी भएको प्रहरी सहायक निरीक्षक रमेश राईले जानकारी दिनुभयो । आगलागीबाट झण्डै १० तोला सुन, नगद पाँच लाख रुपैयाँ, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थान लगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *