४० प्रतिशत नागरिकले अझै वित्तीय सुविधा पाउन सकेनन्

मंसिर १० – नेपालका ४० प्रतिशत नागरिकले अझै वित्तीय सुविधा पाउन सकेका छैनन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तले चार हजार ३ सय २२ वटा शाखाबाट ६० प्रतिशत नागरिकलाई वित्तीय सुविधा उपलब्ध गराएपनि ४० प्रतिशतलाई वित्तीय सुविधा पुग्न बाँकी रहेको राष्ट्र वैकले जनाएको छ । शहरी क्षेत्रमा धेरै बैक तथा वित्तीय संस्था उपलब्ध भएपनि ग्रामीण भेगमा भने अझै बैक र वित्तीय सँस्था गएका छैनन् । अर्कातिर वित्तीय साक्षरता कम भएकाले पनि सवै नागरिकलाई वित्तीय सुविधा पुर्याउन नसकिएको हो । अहिले ७ सय ५३ वटै स्थानीय तहमा बैकका शाखा खोल्ने र सरकारले वितरण गर्ने रकम बैकमार्फत नै वितरण गर्ने तयारी भइरहेकाले वित्तिय सुविधा लिने नागरिकको संख्या बढ्ने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले देशमा लगानीका लागि कर्जाको माग बढ्दै गएकपनि आन्तरिक स्रोतले त्यसको व्यवस्थापन गर्न कठिन रहेको बताउनुभयो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *