साउन २१ – प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिले बिगत ५ बर्ष यता समितिले दिएको निर्देशन र कार्यान्वयनको अबस्थाको जानकारी तीन दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार जेष्ठ सदस्य महन्थ ठाकुरको सभापतित्वमा बसको समितिको पहिलो बैठकले यसअघि दिएका निर्देशनको कार्यान्वयन र कायान्वयन नभएको भए त्यसको कारण सहितको विवरण पेश गर्न अर्थमन्त्रालय , राष्ट्रिय योजना आयोग , लगानी बोर्ड र बित्त आयोगलाई निर्देशन दिएको हो । बैठकले बिगत ५ बर्षको बजेटको कार्यान्वयनको अबस्थामा जानकारी दिन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ भने ५ बर्षको आयात निर्यातको अबस्थाका बारेमा जानकारी दिन पनि अर्थलाई निर्देश गरेको छ । त्यस्तै बैठकले शहसताव्दी बिकास लक्ष्यको प्रगती र दिगो बिकास लक्ष्य हासिल गर्न भएका काम र योजनाका बारेमा जानकारी गराउन योजना आयोगलाई निर्देशन दिएको छ भने नेपालमा हालसम्म गरेका काम र भावी योजनाका बारेमा तीन दिन भित्र जानकारी लगानी बोर्डलाई निर्देशन दिएको समिति सचिव सुरेन्द्र अर्यालले बताउनुभयो । समितिको अर्को बैठक आगामी आईतबार बोलाईएको छ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *