फास्टट्र्याकको विवादका बारेमा रक्षामन्त्रालयसंग छलफल गर्ने

मंसिर १० –  प्रतिनिधीसभा अन्तर्गतको राज्य व्यवस्था समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका क्रममा देखिएको विवादका बारेमा रक्षामन्त्रालयसंग छलफल गर्ने भएको छ ।  सिंहदरबारमा सोमबार काठमाडौं–निजगढ द्रुतमार्गका बिषयमा ललितपुरको खोकना र बुङमतीबासीसंग छलफल गर्दे यस बिषयमा रक्षामन्त्रालयसंग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा खोकना र बुङमतीबासीहरुले नेपाली सेनाले बलका आधारमा उक्त योजनालाई एकपक्षिय ढंगले अघि बढाएको आरोप लगाएका छन् । उनीहरुले उक्त क्षेत्रको संस्कृती नै मेटाउने ढंगले आयोजना अघि बढाईएको जनाए । त्यस्तै आयोजनाका लागी दिईएको मुआव्जा पनि निकै कम भएको उनीहरुले बताए । बैठकमा वडा नम्बर २१ खोकनाका वडा अध्यक्ष रविन्द्र महर्जनले खोकना शहरलाई नै फास्टट्रयाकले अस्तीत्वलाई नै मेटाउने प्रयास भएको बताउनुभयो ।

बैठकमा समिति सदस्य कृष्णगोपाल श्रेष्ठले फास्टट्र्याकमा रक्षा मन्त्रालयले नेपाली सेनाको प्रयोग गरको आरोप लगाउदै तर्साएर नै स्थानीयलाई दवाउन खोजिएको बताउनुभयो । त्यस्तै समिति सदस्य पम्फा भूषालले अहिलेको अबस्थामा उक्त क्षेत्रका बासिन्दालाई दिईएको मुआव्जाले अरु कुनै स्थानमा स्थानान्तरण हुन नसक्ने बताउनुभयो । साथै उक्त क्षेत्रमा जग्गा व्यपारिले चलखेल गरेको उहाले आरोप लगाउनुभयो । त्यस्तै अन्य समिति सदस्यहरुले फास्टट्र्याकमा सेनाको पनि संलग्नताले झनै विवादित भएको बताउँदै यस विषयमा थप छलफल आवश्यक रहेको बताउनुभयो । यसअघि समितिले उक्त आयोजनामा देखिएको विवादका बिषयमा स्थलगत अनुगमन पनि गरेको थियो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *